पहिरो पीडितका लागि राहत सङ्कलन सुरु

साउन २४, चितवन –  सिन्धुपाल्चोकको जुरे क्षेत्रको पहिरो पीडितको सहयोगका लागि चितवनमा राहत सङ्कलन सुरु भएको छ ।  चितवनको रत्ननगरबाट यो अभियान सुरु भएको हो । अहिलेसम्म यहाँ करिब रु एक लाख रकम सङ्कलन भएको छ । रत्ननगरमा रहेको लियोलायन्स तथा रोटरी क्लब एवम् रत्ननगर उद्योग वाणिज्य सङ्घले आर्थिक सहयोग सङ्कलन थालेको हो ।  रत्ननगरमा मात्रै आजसम्म  ६३ हजार रकम सङ्कलन भएको र अन्य क्षेत्रको गरी करिब रु एक लाख सङ्कलन भएको छ । सहयोग सङ्कलन जारी रहेको सङ्घले जनाएको छ । सङ्कलित रकम जिल्लास्थित विपद् व्यवस्थापन समितिमार्फत सहयोग उपलब्ध गराइने अभियानकर्ताहरूले बताएका छन् ।