लोडसेडिङ अब साताको ६० घण्टा

साउन २४, काठमाडौा –  नेपाल विद्युत प्राधिकरणले आजदेखि लोडसेडिङको अवधि बढाएको छ । यसअघि हप्तामा ४० घण्टा लोडसेडिङ हुदै आएकाकोमा अब साढे ६० घण्टा बक्ति नआउने प्राधिकरणले जनाएको छ ।

सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोबाट प्रशारण लाइन तथा सुनकोशी जलविद्युत केन्द्रको ड्याममा क्षति पुगेका कारण झण्डै ६७ मेगावाट विद्युत आपूर्ति अवरुद्ध भएको र कुसाहा–कटैया प्रशारण लाइन खण्डको कण्डक्टर बदल्नु परेकोले लोडसेडिङ बढाउनु परेको प्राधिकारणले स्पस्ट पारेको छ ।

प्राधिकरणका अनुसार अबदेखि हप्ताको तीन दिन ९ घण्टा, दुई दिन साढे सात घण्टा, एक दिन १० घण्टा र एक दिन साढे ८ घण्टा गरी हप्ताको साढे ६० घण्टा लोडसेडिङ हुनेछ । पहिरोले भोटेकोसीको ४५ मेगावट, सुनकोसीको १० मेगावट, भैरवकुण्डको ४ मेगावट, चाकुखोलाको ३ मेगावटको विद्युत उत्पादन अवरुद्ध भएको छ ।

त्यसैगरी सानो सुनकोसीको २ दशमलब ६ मेगावट, मिडिल चाकुको १ दशमलब ८, लोयर चाकुको १ दशमलब ७ मेगावट समेत अवरुद्ध भएको छ । त्यस्तै आजदेखि आगामि शुक्रबार सम्म कटैया—कुसाहा प्रसारण लाइनको कन्टक्टर परिवर्तन गरिने हुँदा ९० मेगावट विद्युत उत्पादन समेत अवरुद्ध भएकोले लोडसेडिङ बढाएको प्रधिकरणले जनाएको छ ।