संवाद समितिले तराईका शसस्त्र समूहसँग वार्ता गर्ने

 साउन २४, काठमाडौं- संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति अन्तरर्गतको उपसमितिले आज संविधानसभा बाहिर रहेका तराईका शसस्त्र समूहसँग बार्ता गर्ने भएको छ ।

कांग्रेस नेता आनन्दप्रसाद ढुंगानाको नेतृत्वको टोलीले आज बिहान ११ बजे जनकपुरमा उनीहरुसँग वार्ता गर्न लागेको  हो ।  तराई मधेस क्षेत्रमा सशस्त्र गतिविधिमा संलग्न २२ वटा भूमिगत समूहसँग वार्ता हुने भएको हो  ।

उपसमितिले स्वतन्त्र मधेस वा छुट्टै मधेस माग गर्दै सक्रिय जयकृष्ण गोइत नेतृत्वको अखिल तराई मुक्ति मोर्चा, नागेन्द्र पासवान नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोचार्, मनोज मुक्ति नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा प्रफुल्ल यादव नेतृत्वको मधेस टाइगर्स तराइलगायतकासँग वार्ता गर्ने भएको छ ।