ठूला मुद्दामा अदालत उदार

साउन २४, काठमाडौं – भ्रष्टाचारका ठूला मुद्दामा अदालतले राहत दिने गरेको छ ।   भ्रष्टाचार मुद्दामा पहिलो सुनुवाई गर्ने विशेष अदालत मात्र होइन सर्वोच्च अदालतबाट पनि अभियुक्तले राहत पाउने गरेका छन् ।   पछिल्ला केही मुद्दामा सर्वोच्चले अभियुक्तको धरौटी रकम ९० प्रतिशत कम मात्र गरेको छैन, मतियारलाई जेल पठाएर मुख्य अभियुक्तलाई छाडेको छ ।

अभियुक्तले सजिलै उन्मुक्ति पाएको विषयमा अदालती वृत्तमा अनुसन्धान प्रक्रियामा नै कमजोरी देखाइएको छ ।   नेपाल विद्युत प्राधिकरणको ट्रान्सफरमर खरिद प्रकरण, पूर्वाञ्चल विश्वविद्यालयको अनियमितता, मेडिकल काउन्सिल र मेडिकल कलेजको विवाद, स्वास्थ्य मन्त्रालयको औषधि खरिद प्रकरणका मुद्दा विचारधीन छन् ।

पूर्वाञ्चल विश्वविद्यालयका पदाधिकारी विरुद्ध दायर भ्रष्टाचार मुद्दामा विशेष अदालतले तथ्यमा प्रवेश नगरी प्रतिवादीलाई साधारण तारेखमा छाडेको भन्दै अख्तियारले आदेश बदरको माग गर्दै सर्वोच्चमा निवेदन दर्ता गराईसकेको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।