एमाओवादी न फुट्न सक्ने न जुट्न सक्ने

साउन २४, काठमाडौं-   एकीकृत नेकपा माओवादी इतिहासकै सर्वाधिक अप्ठयारो मोडमा उभिएको छ ।   पार्टीभित्र अध्यक्ष पुष्पकमल दाहाल र नेता डा। बाबुराम भट्टराईबिच चर्किएको विवादले न उसलाईतत्कालै औपचारिक विभाजनमा पुर्याउने देखिन्छ, न त जुट्न सक्ने अवस्थामा ।

दुवै पक्षलाई पतिखेर एकले अर्कोलाई गलाउने र अन्ततः कुनै न कुनै विन्दुमा पुगेर सहमति खोजेरै जाने स्थितिमा पुर्याएको छ । ‘दाहाल– भट्टराईबीचको विवाद भनेको तत्कालै न जुट्ने न फुट्ने अवस्थामा छ ।’

वामपन्थी विश्लेषक मुमाराम खनालले भने, ‘दुवै पक्ष अहिले एकले अर्कोलाई दबाब दिँदै अन्ततः कम्प्रोमाईजको बाटोमा जाने रणनीति देखिन्छ ।’ सामान्यतयाः कम्युनिष्ट पार्टीमा कार्यदिशामा अन्तर देखिएपछि विवाद बल्झिने गर्दछ ।

तर, दाहाल–भट्टराईका विचमा अहिले कार्यदिशामा कुनै विवाद छैन । हेटौंडा महाधिबेशन अधिसम्म दुवै नेताका विचमा कार्यदिशाका बारेमा थोरै मतभेद थियो । आजको राजधानी दैनिकमा समाचार छ ।