गाजाबाट इजरायल तर्फ रकेट प्रहार

साउन २३, काठमाडौँ  –  गाजापट्टिका आतङ्ककारी समूहले इजरायल र प्यालेस्टाइनी विद्रोहीसमूह हमासबीच ७२ घन्टे युद्धविराम समाप्त  भएको केही समयपछि नै  रकेट प्रहार गरेको  छ ।

 सो ७२ घन्टे युद्धविरामपछिको थप लामो  युद्धविरामको कुनै सम्झौता बिना टुङ्गिएको छ ,स्थानीय समयअनुसार शुक्रबार  बिहान ८ बजे विद्रोही  समूहले दक्षिणी इजरायलतर्फ कम्तीमा पाँचवटा रकेट प्रहार  गरेका छन् । त्यसैगरी दक्षिण इजरायलको खुलाइलाकामा थप रकेट प्रहार गरेको बताइएको छ ।

इस्लामिस्ट जिहादी सशस्त्र सञ्जालले यस आक्रमणको जिम्मा लिएको बताइएको छ ।      एक एएफपीका संवाददाता र प्रत्यक्षदर्शीका अनुसार पूर्वी इजरायलतर्फ गरिएको यस रकेट आक्रमणपछि  गाजा सहरका  स्थानीय बासिन्दा आफ्ना घर छोडी भागेका छन् ।  इजरायलले बदला लिने सम्भावनाको डरले  गाजापट्टिका ती व्यक्तिहरू भागेका बताइएको  छ  ।