उपप्रधानमन्त्रीद्वारा सदनलाई जानकारी

साउन २३, काठमाडौँ  –  उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले संसदमा उठेको प्रश्नको जबाफ दिनु भएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा उपप्रधानमन्त्री गौतमले धादिङ भीमढुङ्गा–६ नर्सरी सामुदायिक वन छेउ सडकमा प्रहरीसँगको मुठभेडमा परी मृत्यु भएका दिनेश अधिकारी चरी  विभिन्न अभियोगमा पक्राउ परिसकेका अपराधि रहेको जानकारी गराएका छन् ।

गृह मन्त्रालयले यस घटनाबारे छानबिन गरिरहेको पनि मन्त्री गौतमले बताए । यस्तै उपप्रधानमन्त्री गौतमले रुकुमबाट नेपालगन्जतर्फ आइरहेको ना ४ ख ५१६७ नम्बरको बसभित्र रुकुमकी १८ वर्षीय किशोरीमाथि अनुचित कार्य गर्नमा संलग्न पाँच अभियुक्तलाई पक्राउ गरिएको जानकारी दिएका छन् । गृहमन्त्री गौतमले पक्राउ पर्ने सुमन बिसी, अजीव सुनार, हरि खड्कालगायत पाँचै जनाविरुद्ध जबर्जस्ती करणीको मुद्दा दायरसमेत भएको जानकारी दिए ।