विश्वासिलो छानबिन समिति गठन गर्न माग

साउन २३, काठमाडौँ  –  नेकपा एमाले धादिङ जिल्ला कमिटीले सो जिल्लाका क्षेत्र नं १ का पूर्व उपाध्यक्ष तथा विवादास्पद गतिविधिमा संलग्न दिनेश अधिकारी (चरी) को हत्याका सम्बन्धमा संसदीय वा विश्वासिलो न्यायिक छानबिन समिति गठन गर्न माग गरेको छ ।

  कमिटीको कार्यबाहक अध्यक्ष भूमि त्रिपाठीले आज यहाँ जारी गर्नुभएको प्रेस विज्ञप्तिमा अधिकारीलाई केही मुद्दा लागेको र उनी स्वयम् अदालतमा हाजिर गर्न जाने तयारीमा रहेको अवस्थामा मुठभेडका नाममा हत्या गरिएको दाबी गरेका छन् ।

उनले घटनास्थलमा आफन्त र सभासद्लाई समेत जान नदिइएको, सो स्थानमा रगतका थोपा नदेखिएको, घटना पूर्व नै प्रहरी निरीक्षक कुमुद ढुङ्गेलले व्यक्तिगत रिसइबीका कारण हत्याको धम्की दिएको पाइएकाले घटना सुनियोजित भएको दावी गरेका छन् ।