गुण्डा चरी मारिएको विरोधमा युवा संघ धादिङद्वारा धादिङबेसी बन्द

साउन २३, धादिङ–  कुख्यात गुण्डा चरी मारिएको बिरोधमा आज धादिङ बन्द गरिएको छ । नेकपा एमाले धादिङ क्षेत्र नम्बर १ का पूर्व उपाध्यक्ष समेत रहेका दिनेश अधिकारी चरी मारिएको विषयलाई लिएर यूवा संघ धादिङले आज धादिङबेसी बजार बन्द गराएको हो । बन्दका कारण धादिङबेसी आसपास र धादिङ मलेखु सडकखण्डमा  कुनैपनि सवारीसाधन चल्न सकेका छैन्न ।   बन्दकर्ताले चरीको हत्याको निष्पक्ष छानविनकाको माग समेत गरेका छन । घटनाको न्यायीक छानविनको माग गर्दै आज पहिलो चरणमा दिउसो १२ बजेसम्म
धादिङबेसी बन्द गराइएको र आफ्नो मागप्रति चासो नदेखाए थप संघर्षमा उत्रने यूवा संघ नेपाल धादिङका सहसचिव भरत ढुंगानाले जानकारी दिए ।