एकीकृत माओवादीको वैचारिक व्यवस्थापन समितिको बैठक बस्दै

साउन २३, काठमाडौँ –  एकीकृत माओवादी आज  वैचारिक व्यवस्थापन समितिको बैठक बस्ने भएको छ । बैठक बस्ने स्थान र समय तय भइनसकेको भएपनि पार्टी भित्रको आन्तरिक विषयमा छलफल गर्न बैठक बस्न लागेको पार्टी प्रवत्ता दिनानाथ शर्माले जानकारी दिए । संस्थपन पक्षले नेता बाबुराम भट्टराईतर्फका गंगा श्रेष्ठ र रामरिजन यादवको कारबाही फिर्ता गर्नुपर्ने माग गर्दै भट्टराई पक्षका नेताहरु असन्तुष्ट भएपछि बैठकमा यस विषयमा पनि छलफल हुने भएको छ । पार्टी भित्र बढ्दै गएको असन्तुष्टि र रणनीति के बनाउन सकिन्छ भन्ने विषयमा पनि नेताहरुले छलफल गर्ने भएका छन् ।