सुनकोसी नदि खुलाउन आज स्काभेटर प्रयोग गरिदै

साउन २३, सिन्धुपाल्चोक – पहिरोले थुनिएको सुनकोसी नदिको ताल विष्फोटबाट फुटाउन नसकेपछि नेपाली सेनाले आज स्काभेटर प्रयोग गरि पानी निकास गर्ने भएको छ ।  ठुलो विष्फोट गराउदा धेरै पानी जाने र थप क्षति पुर्याउन सक्ने भन्दै साना– साना बिष्फोट गराउदै आएको सेनाले त्यसमा सफलता नपाएपछि स्काभेटर प्रयोग गर्न लागेको हो । स्काभेटरलाई घटनास्थल सम्म पुर्याउन गोरेटो बाटो समेत निमार्ण गरिएको छ । आजदेखि प्रगोग गर्ने स्काभटेर सेनाले हिजो नै लामोसाघुस्थित सशस्त्रको क्याम्पमा पुर्याएको छ । क्षति कम होस् भन्ने उद्येश्यले सचेतता अपानाएकोले तत्कालै पानीको बहाब घटाउन नसकिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलिले जानकारी दिए ।