व्यबस्थापिका संसदको बैठक आज पनि बस्दै

साउन २३, काठमाडौं  – व्यबस्थापिका संसदको बैठक आज पनि बस्दै छ । बैठक दिउसो १ बजे संबिधानसभा भवन नयाबानेश्वरमा बस्ने छ ।  आजको बैठकमा हिजो एमाले सभासदहरुले चर्चित डन दिनेश अधिकारी चरीको मृत्युबारे आसंका गर्दै जवाफ माग गरेपछि सरकारले त्यसबारे जानकारी गराउने छ । हिजोको संसद बैठकमा सभामुख सुवास नेम्वाङले नेपालगन्जमा किसोरीमाथि भएको बलत्कारको घटना र चरी मारिएको घटनाबारे सभासदले संसदलाई जानकारी गराउन माग गरेपछि सरकारलाई रुलिङ गरेका थिए । चरीको प्रहरीसँगको मुडमेडमा बुधबार साँझ काठमाण्डौ र धादिङको सिमाना भिमढुंगामा मृत्यु भएको थियो । साथै बैठकमा हिजोदेखि शुरु भएको विनियोजन बिद्येकमाथिको छलफल पनि जारी रहने संसद सचिवालयका सह–प्रबक्ता सुर्दशन कुइकेलले जानकारी दिए ।