एमालेका मन्त्रीसहित पदाधिकारी बैठक बस्दै

साउन २३, काठमाडौं  –  नेकपा एमालको पदाधीकारी बैठक बस्ने भएको  छ । सरकार गठन पुर्व भएका सहमती कार्यान्वयनको विषयमा आज सरकारमा सहभागि मन्त्री सहित बैठक बस्न लागेको सचिब योगेश भट्राइले जानकारी दिए ।  नेपाली कांग्रेसले एकलौटी सरकार चलाएको भन्दै असन्तुष्ट बनेको एमालेले आज सरकारमा सहभागी मन्त्री सहित पदाधिकारी बैठक बोलाएको छ । दिउसो ३ बजे बस्ने बैठकमा सरकारमा सहभागि मन्त्रीहरुसँग छलफल आवश्यक परे सरकारको विकल्प सम्म खोज्ने गरि कुरा अघि बढाउने एमालेको तयारी छ । एमालेले सातबुँदे सहमतिको कार्यान्वयनदेखि अहिलेसम्मको अवस्थाबारे शीर्ष तहमा समिक्षा गर्न लागेको एमालेले जनाएको  छ । हिजो मात्रै पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशील कोइरालसँग भेटेर सरकारका काम कारवाही तत्कालै सुधार्न आग्रह गर्नु भएको थियो । ओलीले कोइरालालाई आफ्ना पार्टीका मन्त्रीहरुको काममा कांग्रेसका मन्त्रीहरुले अवरोध गर्ने गरेकाले त्यसलाई तत्काल रोक्नुपर्ने पनि बताएका थिए ।