साउन २३, काठमाडौं – चीनको दक्षिणी- पश्चिम भागमा केही दिनअघि गएको भूकम्पमा मृत्यु हुने ६ सय १५ पुगेको छ। उद्धार जारी रहँदा बिहीबार २६ को शव भेटिएको थियो। गत आइतबार गएको ६।५ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा अझै केही बेपत्ता छन् । अत्यन्त प्रभावित लुदिआन प्रान्तमा ५ सय ४ र किआओजिया प्रान्तमा ७२ को मृत्यु भएको छ। भूकम्पबाट ८० हजार घर ध्वस्त भएको र १ लाख २४ हजार घर क्षतिग्रस्त छन्। लुदिआन प्रान्तको झाओतोङग र कुजिङ्ग नगरमा १० लाख ८० हजार नागरिक प्रभावित भएका छन्।