साउन २३,काठमाडौं— भोली शनिबारदेखि  हप्ताको ६० घन्टा लोडसेडिङ हुने भएको छ । सिन्धुपाल्चोकको जुरेमा हालै गएको पहिरोले सुनकोशी जलविद्युत् केन्द्रको ड्याम तथा प्रसारण लाइन क्षतिका कारण लोडसेडिङ बढेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । जुरेमा गएको भिषण पहिरोबाट प्रसारण लाइन तथा सुनकोशी जलविद्युत् केन्द्रको ड्याम क्षति हुन गइ करिब ६७ मेगावाट विद्युत सप्लाइ अवरुद्धु भएको प्राकिरणले जनाएको छ ।