सहकारीको दर्ता खारेज

साउन २२, कैलाली  – कैलालीमा ३० सहकारी संस्थाको दर्ता खारेज भएको छ ।  हालसम्म कैलालीमा  दर्ता भएका ४८५ सहकारी संस्था दर्ता भएका छन् । सहकारी ऐनअनुसार सहकारी संस्थाले काम नगरेकाले ती सहकारीको दर्ता खारेज भएको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय धनगढीले जनाएको छ ।      खारेज भएका सहकारी संस्थामध्ये अधिकांश बचत तथा ऋण सहकारी संस्था छन् । लामो समयदेखि लेखा परीक्षण प्रतिवेदन, वार्षिक प्रतिवेदन र साधारणसभासम्बन्धी कागजात नबुझाएकाले ती सहकारी संस्थाको दर्ता खारेज भएको सहकारी डिभिजनका प्राचार्य खेमराज विष्टले जानकारी दिए ।     जिल्लाका टीकापुर नगरपालिकामा पाँच, जोशीपुर गाविसमा चार, प्रतापपुर गाविसमा दुई, बलिया गाविसमा पाँच, अत्तरिया नगरपालिकामा एक  र  अन्य १३ गाविसमा गरी ३० सहकारीको दर्ता खारेज भएका छन् ।