साउन २२ ,म्याग्दी – म्याग्दी र कालीगण्डकी नदीमा बाढीको आयतन बढ्न थालेपछि तटीय क्षेत्रका बस्ती कटानका कारण जोखिममा परेका छन् । वातावरणीय प्रभाव मूल्याङ्कन नगरी जथाभावी ग्रामीण सडक निर्माण गर्ने क्रमसँगै माथिल्लो क्षेत्रमा भूक्षय र पहिरो गई ठूला नदीमा मिसिँदा बाढीको आयतन बढेर कटान हुन थालेको छ । म्याग्दीको दरवाङ, बाबियाचौर, सिङ्गा तातोपानी, भुरुङ तातोपानी र सदरमुकाम बेनी बजार कटानको जोखिममा परेका हुन् । पछिल्ला केही वर्षयता म्याग्दी नदीमा बाढीको मात्रा बढेर आउन थालेपछि बस्तीतर्फ कटान हुने समस्या बढेको सिङ्गा तातोपानी बजारका योगेन्द्र केसीले बताए । गत वर्ष जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय पोखरा, पर्यटन कार्यालय र स्थानीयवासीले रु १० लाखभन्दा बढी खर्च गरेर तातोपानी बजार संरक्षणका लागि तयार गरेको पूर्वाधार केही दिनअघि म्याग्दी नदीमा आएको बाढीले बगाइसकेको छ । जिल्ला भूसंरक्षण अधिकृत दिवाकार पौडेलले केही वर्षयता म्याग्दी र कालीगण्डकी नदीमा बाढीको आयतन बढ्दै गएको बताए । बाढीको आयतन बढ्दा नदी बग्ने क्षेत्र बढी चाहिने र त्यसका लागि कटान हुने हुँदा तटीय क्षेत्रका बस्ती जोखिममा रहेका अधिकृत पौडेलले जानकारी दिए । पौडेलका अनुसार जथाभावीरुपमा डोजर प्रयोग गरेर भिरालो जमिनमा सडक बनाउँदा निस्किएको माटो बाढीको रुपमा नदीमा मिसिएर बाढीको आयतन बढ्नुका साथै पहिरो र भूक्षयका कारण वातावरणमा नकारात्मक असर देखिएको छ । जिल्ला भुसंरक्षण कार्यालयका अनुसार म्याग्दीबाट भूक्षय र पहिरोका कारण वार्षिक ३५ हजार मेट्रिक्टन माटो बगेर खेर गइरहेको छ । नदी कटान रोकथामका लागि सदरमुकाम बेनी बजारमा बर्सेनि करोडौँका योजना सञ्चालन भएपनि जोखिमका अन्य बस्तीको संरक्षणमा ध्यान नदिएको स्थानीयवासीको गुनासो छ ।
अन्तरबार्ता
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सचेतक भन्छन् -‘व्यवस्था निरन्तरताका लागि काँग्रेस सत्तामा जान सक्छ’

प्रतिनीधिसभा विघटन भए पछि नेकपा विभाजनको संघारमा पुगेको छ । नेकपा ओली समुह र प्रचण्ड–नेपालल समुहमा विभक्त भएको छ । यसको प्रभाव केन्द्र
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ । बजेटको
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।