सुनकोसी बाढीपीडितका नाममा ९१ लाख सङ्कलन

साउन २२,  काठमाडौं – सिन्धुपाल्चोकको जुरेमा एक साता अघि गएको पहिरोमा परी विस्थापीत भएका बाडी पिडितका लागी ९१ लाख रकम सङ्कलन भएको छ । बाडी पिडीतको सहयोगका लागि स्थापना गरिएको ‘सुनकोसी बाढीपीडित राहत कोष’ उक्त रकम संकलन भएको हो ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घ, नेपाल ट्रक कन्टेनर व्यवसायी सङ्घ र हिमालय सीमापार वाणिज्य सङ्घको संयुक्त पहलमा रु ७१ लाख र  भोटेकोसी पावर कम्पनीको सहयोगमा रु २० लाख गरी रु ९१ लाख राहत  कोषमा जम्मा भएका सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष कमलकुमार श्रेष्ठले बताए ।

सोमबारदेखि रु ४० लाखबाट सुरु भएको राहत कोषमा हिजोसम्म रु ९१ लाख सङ्कलन भएको र कम्तीमा पनि रु एक करोड पुगेपछि सुनकोसी पीडितलाई सहयोग गर्ने तयारी रहेको छ ।     अध्यक्ष श्रेष्ठले राहत कोषमा जम्मा भएको रकम पीडितको अवस्था हेरेर बढी पीडितलाई सहयोग गर्ने बताए ।

शनिबार राति पहिरो जाँदा सुनकोसी नदी थुनिएर सिन्धुपाल्चोकस्थित माङ्खा, टेकानपुर गाविस प्रभावित भएका थिए । सोे पहिरोमा परी बेपत्ता १२३ जनालाई सरकारले बुधबार मृत घोषणासमेत गरिसकेको छ भने बेपत्ता १५६ जनामध्ये ३३ जनाको शव मात्र फेला पारेको छ ।