संखुवासभा पहिरोमा परि ७ को मृत्यु ३ जना बेपत्ता

साउन २०,  संखुवासभा –  संखुवासभाको स्याबुन ३ फच्याङ गाउ“मा पहिरोमा पुरिएका मध्ये आज २ जनाको शव फेला परेको छ । बेपत्ता भइरहेका ३५ बर्षिय पुर्णवहादुर र उनका बाबु ७२ बर्षिया ईन्द्रबहादुरको शव भेटिएको हो ।

यो सगै मृत्युहुनेको संख्या अब ७ पुगेको छ ।  हिजो आज बिहान गएको पहिरोमा परि अझै ३ जना बेपत्ता भइरहेका छन् । उनीहरुको शव पहिरोमा पुरिएको अवस्थामा स्थानीयवासी, नेपाली सेना, ससस्त्र प्रहरी र नेपाल प्रहरीले निकालेको डिएसपी कमल थापाले बताउनुभयो ।

पहिरोमा परि ६८ बर्षीय कृतिमान कोइराला, उहाँकी श्रीमती ५५ बर्षिया देवीमाया र १४ बर्षिया छोरी तुुलसा, पुर्णवहादुरको छोरा ८ वर्षिय प्रज्वल र ६३ बर्षिय मेहरमान कोइरालाको शव हिजै निकालिएको थियो । मेहरमान कोइरालाकी श्रीमती ५८ बर्षिया कुमारी, पुर्णबहादुरका ३० बर्षिया श्रीमती सम्झना र १० बर्षियका छोरा रोशन अझै बेपत्ता छन् ।