राष्ट्रिय यु–१२ टोली कोरिया प्रस्थान

साउन २०,  काठमाडौँ – बाह्र वर्षमुनि (यु–१२) का राष्ट्रिय फुटबल टोली दक्षिण कोरियामा सञ्चालन हुने दोस्रो एसियन युथ फेस्टिबलमा सहभागी हुन लागि आज त्यसतर्फ प्रस्थान गरेको छ ।      अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा आज यहाँ आयोजित एक कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव युवराज लामा र एन्फाका अध्यक्ष गणेश थापाले संयुक्त रुपमा टोलीलाई सफलताको शुभकामना दिँदै बिदाई गरेका हुन् ।

राष्ट्रिय टोली अभिषेक बर्माको कप्तानीमा छिरिङ तामाङ, जय गुरुङ, अनिल महर्जन, विनय चौधरी, मनिश थापा, दर्शन गुरुङ, जीवन गुरुङ, आकाश रानाभाट, रेजिन सुब्बा, एलन थापा, निरञ्जन महर्जन र असिम भुसाल रहेका छन् । त्यस्तै प्रशिक्षकमा सुनिल श्रेष्ठ छन् । एसियन युथ फेस्टिबल यही साउन २३ देखि २६ गतेसम्म सञ्चालन हुनेछ ।