एसएलसी पूरक परीक्षा आजदेखि सुरु

साउन २०, काठमाडौँ – एसएलसी पूरक परीक्षा आजदेखि सुरु भएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा साउन २७ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा नियन्त्रण कार्यालय सानोथिमिले आजदेखि सुरु गरेको परिक्षामा कुल एक लाख २० हजार ६२७ जना परीक्षार्थी सहभागी भएको परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले जानकारी दिए ।

परीक्षाका लागि देशभर कुल २३४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षामा सबभन्दा बढी अनिवार्य गणित विषयमा ६८ हजार २३०, विज्ञान विषयमा ५० हजार ७१९ र अनिवार्य अङ्ग्रेजी विषयमा ३३ हजार ७७ जना परीक्षार्थी सहभागी भ्उक्ँ छन् ।

त्यस्तै ऐच्छिक गणितमा १० हजार ६३९, सामाजिक शिक्षामा १७ हजार १६४, नेपालीमा दुई हजार २९१ परीक्षार्थी छन् । परीक्षा नियन्त्रक द्वारेका अनुसार एक विषयमात्र परीक्षा दिने परीक्षार्थी ५४ हजार ३९२ जना र दुई विषयको परीक्षा दिने परीक्षार्थी ६६ हजार २३५ जना रहेका छन् ।