जीप दुर्घटनामा २ को मृत्यु, १ घाइते

साउन २०,  कपिलवस्तु   –  पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराजनगरपालिका १ गलिकतिन भन्ने स्थानमा आज बिहान करिब ४ बजे भएको दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलाली पथ्थरियाका बावु उज्जल बुढा र उहाँका छोरा निमिस बुढा रहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा सल्यान छायाछत्रका जीप चालक राजेश खड्का रहेको इलाका प्रहरी कार्यलय चन्द्रौटाले जनाएको छ ।

पश्चिमबाट पूर्बतर्फ आउदै गरेको भे १ च १०८९ नम्बरको बोलेरो जीप अनियन्त्रित भई रुखमा ठोक्किदा दुर्घटना भएको इलाका प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरिक्षक सन्तोष रोकाले बताउनुभएको छ ।

घाइते चालकको चन्द्रौटामा रहेको सञ्जिवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।