प्राविधिक टोली पानी खोल्न सिन्धुपाल्चोक प्रस्थान

साउन २०, काठमाडौँ  –  ३ दिन अघि सिन्धुपाल्चोकको मांखाको जुरे स्थित सुनकोशी नदीमा बनेको तालको पानीको बहाब बढाउन एक प्राविधिकहरुको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

खानी तथा भूगर्भ विभाग, नेपाली सेना लगायतका बिभिन्न निकायबाट प्राविधिकहरु घटनास्थल तर्फ गएको हो । सैनिक प्रवक्ता जगदीशचन्द्र पोखरेलले नेपाली सेनाको प्राविधिक टोली पनि तालको पानीको बहाब घटाउने प्रयासस्वरुप त्यसर्फ गएको बताए ।

शनिबार राती सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले सुनकोशी नदी थुनीदा ४ किलोमीटरको वस्ती तालमा परिणत भएको  छ  ।

त्यस्तै घटनामा अहिले सम्म ३३ जनाको शव फेला परेको छ भने १५० भन्दा बढी ब्यक्ति बेपक्ता भएका छन् ।बाँध फोर्न घटना घटेको दिन सेनाले बम विस्फोट गराइ प्रयास गरेपनि सफल भएको थिएन ।