ब्यवस्थापिका संसदको बैठक बस्दै

साउन २०, काठमाडौँ   –  केहिदिन अघि संसदमा पेश भएको सामाजिक बिभेद बिरुद्धको प्रस्ताव, श्रमिका हक सम्बन्धि प्रस्तावमा छलफल गर्न ब्यवस्थापिका संसदको बैठक आज बस्दैछ । बैठक दिउसो १ जबे नयाँबानेश्वरस्थित संविधानसभा भवनमा बस्नेछ ।   आजको बैठकमा संकल्प प्रस्ताव पनि पेश हुदैछ ।

यसैबिच संविधानसभाको राजनैतिक सम्वाद तथा सहमति समितको पनि आज बैठक अहिले बसिरहेको छ  । सिंहदरबारमा जारी बैठकमा सभासद आनान्द प्रसाद ढुंगानाको अध्यक्षतामा गठित वार्ता उपसमितीले इलाममा विभिन्न समुहसंग गरेको वार्ताको प्रतिवेदन र विवाद समाधान उपसमितीको प्रतिवदेनमाथि छलफल भइरहेको समितीका सचिव मुकुन्द शर्माले जानकारी दिए ।