मोदी स्वदेश फिर्ता, नेपालको विकासमा सहयोग गर्ने प्रतिवद्धता

साउन १९, काठमाडौँ-  दुईदिने भ्रमणमा आइतबार नेपाल भ्रमणमा आएका  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज स्वदेश फर्किएका छन्  ।  भारत फर्किनुअघि मोदीले नेपाल भ्रमण सफल भएको बताएका छन् ।  मोदीले नेपाल भारत सम्बन्धमा नयाँ उचाई थपिने प्रतिवद्धता सहित बिदाइ भएका हुन् । हिजो विहान नेपाल आइपुगेका मोदीले नेपाल बसाइको क्रममा नेपाली संसदमा संवोधन गर्नुका साथै आज विभिन्न दलका नेताहरुसँग भेटवार्ता गरि  ससमयमा संविधान बनाउन सुझाव दिएका छन्  ।

मोदीले नेकपा एमाले एकीकृत नेकपा माओवादी, तराई केन्द्रित राजनीतिक दलका शीर्ष नेताहरुसँग छुट्टा छुट्टै भेटवार्ता गरेका छन् । हिजो प्रधानमन्त्री शुशील कोइराला, परराष्ट मन्त्री महेन्द्र पाण्डे लगायत सरकारी टोलीसँग भेटवार्ता गरेका मोदीले आज राष्टपती रामवरण यादव तथा शिर्ष दलका अन्य नेताहरुसँग भेटघाट गरेपश्चात् भेट अत्यन्त फलदायी, उपलब्धिपूर्ण रहको बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले भ्रमणले नेपाल र भारतबीचको सम्बन्धमा नयाँ आयाम थपिएको एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताए । उनले भेटमा मोदीले नेपालको आर्थिक विकासको निम्ति सहयोग गर्न आफूहरु तयार रहेको बताउनुभएको जानकारी दिए ।  आर्थिक समृद्धिका लागि नयाँ ढोका खुला भएको उल्लेख गर्दै उनले अब मुलुकमा थप लगानी भित्रिने विश्वास लिइएको बताए ।

एकीकृत नेकपा माओवादीसँगको भेटमा पनि नेपालमा भारतले गर्ने लगानी र आपसी हितका विषयमा छलफल भएको छ । भेटपछि पत्रकारहरुसँग कुराकानी गदै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफलले नेपाल र भारतको सम्बन्धको नयाँ आयामको सुरुवात भएको बताए । उनले नेपालमा आर्थिक विकास, राजनीतिक स्थिरता र समृद्धि हुनुपर्छ भन्ने कुरा मोदीले दृढ विचार प्रकट गर्नुभएको जानकारी दिए ।

एमाओवादीले सीमा समस्याको समाधान गर्न आग्रह गरेको थियो । आजै तराई केन्द्रित दलका नेताहरूसँग पनि भारतीय प्रधानमन्त्री मोदीले सयुक्त भेटवार्ता गर्नुभएको छ ।  भेटमा मधेसी नेताहरुले मधेसको विकासमा विषेश महत्व दिन आग्रह गरेका थिए । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेस मुद्दामा विषेश कुराकानी भएको सीआईएनलाई जानकारी दिनुभयो ।

भारतीय प्रधानमन्त्री मोदीसँग निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर्स अफ कमर्सका प्रतिनिधिले आज भेट गरेका छन् । भेटमा नेपालमा भारतले गर्ने आर्थिक लगानीका विषयमा कुराकानी भएको छ ।