मोदीको भाषणप्रति कंचनपुरवासि सुखी

कंचनपुर १९, साउन– नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा सम्बोधनका क्रममा महाकाली नदीमा पुल निर्माण गरिने भनेपछि कञ्चनपुरवासी निकै खुसी भएका छन । बिगत लामो समयदेखि महाकालीमा पुल निर्माणका लागि थुप्र्र प्रयास भएपनि भारतिय प्रधानमन्त्रि मोदीले महाकाली नदीमा पुल बनाउन भारतले तत्पर रहेको प्रतिख भनाई कञ्चनपुर उद्योग वाणिज्य सङ्घले त्यसको स्वागत गरेको छ । आवत जावत गर्न महाकाली नदीमा पुल नहुँदा कंचनपुरबासी लगाएत अन्य प्रयटकहरुलाइृ निकै समस्या हुदैं आएको छ आएको कञ्चनपुर उद्योग वाणिज्य सङ्घले जनाएको छ । महाकाली नदीमा रहेको शारदा ब्यारेज वनबासा पुल पनि निकै पुरानो भएकाले भारतीय पक्षले दिनमा पाँच घण्टामात्रै खुलाउने गरेको छ । पश्चिमी नाका भएर ओहोरदोहोर गर्ने सर्वसाधारण र सोही नाका भएर व्यापार, व्यवसाय गर्नेहरूले निकै सास्ती खेप्नुपरिरहेको छ ।  कञ्चनपुर उद्योग वाणिज्य सङ्घले विगत लामो समयदेखि पहल गरिदिन राजनीतिक दलका नेता र भारतीय पक्षसित पनि आग्रह गर्दै आएको थियो ।