मोदीको अन्तिम राजनितीक भेटघाट काँग्रेस नेताहरुसंग हुदैं

साउन १९, काठमाडौं – दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नेपाल बसाईको अन्तिम राजनितीक भेटघाट अहिले काँग्रेसका नेताहरुसंग गर्दैछन । भारतीय प्रधानमन्त्री मोदीले आफु बसेको बौद्ध स्थित हायत होटलमा नैं काँग्रेसका निर्षनेताहरुसंग भेटभाट गर्ने छन । भेटकाक्रमा दुई देशबिचको सम्बन्ध थप बलियो बनाउने लगाएत अन्य राजनितीक बिषयमा कुराकानी हुने बताईएको छ । होट ल हायतमैं यसअघि प्रधानमन्त्री मोदीले एकिकृत नेकपा माओवादीका  शिर्षनेताहरुसंग भेटघाट गरेका थिए । भेटभाटमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र नेता कृष्णबहादुर महरासंग कुराकानी गर्दै मोदीले सबैदल मिलेर नेपालको नयां संविधान बनाउनेमा आफु बिस्वस्त रहेको बताएका थिए । त्यस्तै प्रधानमन्त्रि मोदीले दुईदेशबिचको व्यापारीक सम्बन्ध अझ सुधार गर्ने हिसाबले नेपालका केही प्रतिष्ठीत ब्यावसायीहरुसंग पनि छलफल गरेका छन ।
आजको राजनितीक भेटघाट कार्यतालिका अनुसार भारतीय प्रधानमन्त्री मोदीले आज दिउसो एमालेका अध्यक्ष केपी शर्मा ओली सहित नेताहरु बामदेव गौतम, ईश्वर पोखरेल, भीम रावल र बिद्या भण्डारसिंग भेटघाट गरेका थिए हुन ्। दिउसो पौने दुईबजेतिर मोली र एमाले नेताहरुबिच भेटघाट भएको थियो । भारतीय प्रधानमन्त्री मोदी आफ्नो ३० घण्टे औपचारिक नेपाल भैमण सकाएर आजै ५ः३० बजे स्वेदेश फकिर्नेछन्।