मोदीजी ! तपाईंले नेपालीको मन जित्नुभो : राष्ट्रपति

साउन १९ , काठमाडौं  – राष्ट्रपति डा रामवरण यादवले २ दिने नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीको मन जितेको बताएका छन् । आज विहान पशुपतिनाथको दर्शन गरे लगत्तै राष्ट्रपति भवन शितल निवासमा डा यादवलाई भेट्न पुगेका भारतीय प्रम मोदीको प्रशंसा  गर्दै राष्ट्रपति डाक्टर रामवरण यादवले  नेपाली प्रती दर्शाएको मान सम्मान र सद्भावले आफु प्रशन्न भएको बताएका हुन् ।

आज विहान भएको भेटवार्तामा  राष्ट्रपति यादवले मोदीलाई आइतबार मोदीले व्यवस्थापिका संसदमा गरेको सम्बोधनले  आफ्नो मन छोएको र  नेपालीको मन जितेको बताए । भेटमा दुर्इ देशको आपसी हितबारे कुराकानी भएको थियो ।  शितल निवासमा बिहान भएको भेटमा उनले नेपालको सहयोगका लागि भारतले चासो देखाएको भन्दै राष्ट्रपतिले खुसी व्यक्त गरेका थिए ।

राष्ट्रपतिसँग भेट र त्यहाँ दिवाभोज सकाएर मोदी अहिले हायात होटल पुगेका छन् । उनले त्यहाँ विभिन्न दलका नेताहरुसँग भेट गरी उनी आजै साँझ विशेष विमानबाट भारत फर्किने बताइएको  छ ।

मोदीको भ्रमणलाई लिएर राष्ट्रपति यादवले शितलनिवासमा दिवाभोजको आयोजना समेत गरे ।