राष्ट्रमण्डल खेलमा ईगंल्याण्ड च्याम्पियन

साउन १९ , काठमाडौं   –  स्कटल्याण्डमा भएको राष्ट्रमण्डल खेल प्रतियोगिताको २० औं संस्करणमा ईगंल्याण्ड च्याम्पियन बनेको छ ।  ५८ स्वर्ण, ५९ रजत र ५७ कास्य सहित कुल १ सय ७४ पदक कब्जा गर्दै ईंगल्याण्ड च्यामम्पियन बनेको हो ।

ईंगल्याण्ड २८ वर्षपछि राष्ट्रमण्डल खेलमा च्याम्पियन बनेको हो । यस्तै ४९ स्वर्ण, ४२ रजत र ४६ कास्य हात पारेको अष्ट्रलियाले दोस्रो स्थानमा चित्त बुझाएको छ ।   यसैगरी ३२ स्वर्णसहितख ८२ पदम चुमेको क्यानडा तेस्रो स्थानमा रहन सफल भयो ।

१९ स्वर्ण पदक घरमै राखेको आयोजक स्कटल्याण्डले चौंथो स्थानमा रहदाँ ५३ पदक जित्न सफल भयो । १५ स्वर्ण सहित ६३ पदक जितेको भारत पाचौं भयो । ११ दिनसम्म स्कटल्याण्डको ग्लास्गोमा भएको प्रतियोगितामा १७ वटा खेलका विभिन्न विधामा प्रतिस्पर्धा भएका थिए ।

खेलको औपचारिक समापन समारोहमा राष्ट्रमण्डल खेलकुद संघका प्रमुख माईक होपरले स्कटल्याण्डले एतिहासिक रुपमा प्रतियोगितालाई सफल पारेको बताउनुभयो । प्रतियोगितमा ब्रटिस उपनिवेशबाट मुक्त भएका ७१ राष्ट्रको सहभागिता थियो ।