आज पनी उपत्याकाको सवारी प्रभावीत हुने

साउन १९ , काठमाडौं  – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई मध्यनजर गर्दै आज पनि बिभिन्न क्षेत्रमा सवारी साधन सन्चालनमा रोक लागाइएको छ ।

मोदीले भेटघाटकोलागि आवतजावत गर्दा पर्ने सडक र त्यस आसपासमा सवारी साधन सन्चालनमा रोक लगाइएको ट्राफिक प्रहरीले जनाएको छ । विहान नौ बजे पछि चावहिल, गौशाला, मित्रपार्क, जयबागेश्वरी र बौद्धतर्फ जाने आउने गाडीलाई रोक लगाइएको छ ।

११ बजे शितल निवास जाने कार्यक्रम भएकाले यो समयमा बौद्ध, चावहिल, गोपीकृष्णहल, सुकेधारा, धुम्बाराही, नारायणगोपालचोकमा यातायात अवरुद्ध हुने ट्राफिक प्रहरीले जनाएको छ । मोदी दिउँसो १ बजे शितल निवासबाट होटल हायात फर्कनुहुनेछ ।

११ बजेदेखि १ बजेको बीचमा यस रुटको सडकमा गाडी चलाउन पाइने ट्राफिक प्रहरीले जनाएको छ । यस्तै बेलुकी ४ बजे पछि मोदी होटल हायातबाट एयरपोर्ट जाने कार्यक्रम रहेकाले त्यस रुटमा गाडी चलाउन रोक लगाइएको छ ।