सुनकोसी बाँध फुट्ने त्रास कायमै

साउन १९ , सिन्धुपाल्चोक  – पहिरोले थुनिएको सुनकोसी  नदी साविकमै बग्न सुर गरेपनि प्रभावित गाँउबासीमा जोखिमको त्रास देखिएको छ । एक सय ५० मिटर उचाइको बाँधबाट ओभरफ्लो भएर नदीमा पानी बगे पनि बाँध फुट्ने डरले स्थानीय तसित्र रहेको आजको नयाँ पत्रिकादैनिकमा समाचार छ ।

आकस्मिक रुपमा बाँध फुटेमा लामोसाँधु, खाडीचौर, सुकुटे, बलेफी, चेहरे, कोठे लगायतका बजारमा क्षती पुर्याउने छ ।  शनिबार खोलामा पानी नै नदेखेर अत्तालिएका स्थानीयले आइतबार साविकको पानी देखेपछि तत्कालै अनिष्ट नहुने अनुमान लगाएका छन् ।

तर जोखिम अझै उस्तै भएको उनीहरुको भनाइ छ । बाँध फुट्ने डरले जुरेदेखि तल झन्डै १० किलोमिटरसम्मका स्थानीय आफ्नो बसाइ सरेका छन् ।