मोदीको पशुपति दर्शनका लागि तयारी पूरा

साउन १९ , काठमाडौं –  पशुपति क्षेत्र विकास कोषले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागत लागि सम्पूर्ण तयारी पूरा गरेको छ । संस्कृति, नागरिक तथा उड्यनमन्त्री भीम आचार्यले भारतीय प्रधानमन्त्री मोदीको स्वागतका सबै तयारी पूरा गरेको जानकारी दिए । कोष अध्यक्षसमेत रहेका आचार्यले भने, सम्पूर्ण तयारी पूरा गरिसकेका छौं, मोदी विशिष्ट दर्शनार्थी हो, भव्य स्वागत पनि गछौ ।

मन्त्री आचार्यले दिउँसो पशुपतिनाथ मन्दिरको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री आर्चायले मन्दिरको सरसफाई, सुरक्षा व्यवस्था लगायतको जानकारीसमेत लिएका थिए । प्रधानमन्त्री मोदीले करीव ४५ मिनेट पशुपतिनाथको दर्शन गर्ने छन् । उनी पश्चिम ढोकाबाट भित्र प्रवेस गर्ने कार्यक्रम छ । त्यसपछि मुख्य मन्दिरको दक्षिण प्रवेशद्धारबाट भित्र परीसर विशेष पूजा गर्ने छन् ।

विशेष पूजा अघि नै मोदीले बासुकी, गुप्तेश्वर महादेव, दूध गणेश, निद्रश्वर, सूर्यनारायण, गरुढ नारायण र सरस्वतीको दर्शन गर्ने कार्यक्रम छ । सरस्वती, कलियुगेश्वर, श्रीकृष्ण, कृति भैरव, शितलमता, मु्क्त भैरव पनि दर्शन गर्नेछन् ।

त्यसैगरी व्यास आश्रम परिक्रममा, सप्तमार्ग दर्शन, नवगृह पूजा, धर्मशिला पूजा र ईशान मुहारसमे दर्शन गर्नेछन् । यसरी मन्दिर परिसरका सबै देवीदेवताको पूजाआजा गरेपछि मात्र विशेष पूजा गर्ने उनको कार्यक्रमतय गरिएको छ ।

विशेष पूजापछि उनी मु्ख्य मन्दिरको दक्षिण गेटबाटै निस्कने छन् । त्यसपछि उनले हनुमान र सत्यनाराणको पनि दर्शन गर्नेछन् । सत्यनारायण परिसरमै मोदीलाई उपहार स्वरुप पशुपतिनाथ मन्दिर, लुम्बिनी, रुद्राक्षको माला, शालीग्राम दिइनेछ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।