सुनकोशी पिडीतलाई घर फर्काइदै

साउन १८, मोरंग ।

सुनकोशी नदिमा गएको पहिरो हटाइपछी सप्तकोशीमा पानीको वहाव वढन सकने भन्दै सुरक्षित स्थानमा सारिएका सर्वसाधारणहरुलाइ भोली देखी घर फर्काइने भएको छ ।

सप्तकोशीमा पानीको वहाव  उच्चहुन सक्ने भन्दै पुर्वाञ्चलका सातवटा जिल्लाका सुरक्षित स्थानमा सारिएका सर्वसाधारणहरुलाइ साविककै  स्थानमा फर्काइन लागेको पुर्व क्षेत्रिय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सप्तकोशीमा पानीको वहाव कम हुदै गएपछी उनिहरुलाइ साविकै स्थानमा फर्काइन लागेको पुर्व क्षेत्रिय प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरिक्षक नवराज सिलवालले बताउनुभयो ।

सप्तकोशीका आसपासका क्षेत्रमा  रहेका सर्वसाधारणलाइ सुरक्षित स्थानका रुपमा विद्यालय र सरकारी कार्यालयमा हिजो देखी आपतकालिन व्यवस्थापन गरिएको थिायो । सात वटा जिल्लाका ७३ गावीसका ६ सयभन्दा वढि परिवारलाइ प्रसासनले सुरक्षित स्थानमा सारेको थियो ।