पहिरोमा परेकाको खोजी कार्य जारी, गृहमन्त्रीद्धारा घटनाको अवलोकन

साउन १८, काठमाडौँ –  सिन्धुपाल्चोको जुरेमा गएको पहिरोमा परी वेपत्ताभएकाहरुको खोजी कार्य जारी रहको छ । हिजो बेलुका अबेर सम्म ८ जनाको शव भेटीएकोमा आज साँझ सम्ममा १०  जनाको शव भेटिएको   छ ।

बिहानै देखि स्थानिय वासिन्दा र सुरक्षाक्रर्मीको टोलीले खोजी जारी राखेको छ । पानी परिरहेका कारण केही समस्या भएको छ । पहिरोले थुनिएको नदी भने केही खुलेको छ ।

यसैबीच उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम सिन्धुपाल्चोकको माङ्खा पुगेर स्थलगत अवलोकन गर्नु भएको छ । मन्त्री गौतमले बाढी पीडितहरुलाई भेटेर उक्त जानकारी लिएका थिए ।

पीडितहरुले आफ्ना आफन्त अहिलेसम्म पनि फेला नपरेको र आफ्नो जनधनको ठूलो क्षति भएको गुनासो गरेका थिए । गृहमन्त्री गौतमले विशेषज्ञहरुको टोली परिचालन गरी बेपत्ताहरुको खोजी कार्य जारी रहेको उल्लेख गर्दै बाढी पहिरोबाट भएको क्षतिको मूल्याङ्कन नगरी सरकारले स्थायी व्यवस्था गर्ने जानकारी दिएका छन् ।