सुनको मूल्य प्रतितोला ६०० ले वृद्धि

साउन १८, काठमाडौँ  – साताको पहिलो दिन छापावाल सुनको मूल्य प्रतितोला गत शुक्रबारको तुलनामा आज रु ६०० ले वृद्धि भई कारोबार भएको छ ।     नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सुनको मूल्य प्रतितोला  ५४ हजार मूल्य निर्धारण गरी कारोबार गरिएको जनाएको छ । गएको शुक्रबार प्रतितोला रु ५३ हजार ४०० मा कारोबार भएको थियो ।

 अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएकाले नेपालमा पनि मूल्य वृद्धि भएको महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले जानकारी दिए । महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔँस एक हजार २८२ अमेरिकी डलर कायम भई कारोबार भएकामा आज एक हजार २९५ कायम भएको छ ।

त्यस्तै, शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला रु ५३ हजार १५० मा कारोबार भएकामा आज त्यसको मूल्य रु ५३ हजार ७५० रह्यो ।     असली चाँदीको मूल्यमा पनि शुक्रबारको तुलनामा प्रतितोला रु सातले वृद्धि भई आज रु ८२९ मूल्य रह्यो ।