माल्दिभ्सको राष्ट्रिय महिला भलिबल टोली नेपाल आउँदै

साउन १७, काठमाडौँ –  मैत्रिपुर्ण भलिबल खेल्नको लागि माल्दिभ्सको राष्ट्रिय महिला भलिबल टोली आज नेपाल आउने भएको छ । नेपालसंग तिन मैत्रीपुर्ण खेल खेल्न टोली नेपाल आउन लागेको नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए । मैत्रीपुर्ण खेल यहि १९, २० र २२ गते त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुनेछ ।
आउदो मंसिरमा काठमण्डौंमा हुने दक्षिण एसियाली आमान्त्रित महिला भलिबलको तयारीका लागि नेपाल र माल्दिभ्सबिच मैत्रीपुर्ण खेल हुन लागेको हो ।
माल्दिभ्ससंग मैत्रीपुर्ण खेल खेल्नका लागि २५ जना खेलाडि छनोट गरिएको भलिबल संघले जनाएको छ । माल्दिभ्ससंग खेलिसकेपछि नेपाली महिला टोलीलाई भारतसंग खेलाउने तयारी गरिएको छ ।