गाजामा फेरी युद्धबिरामको पहल

साउन १७, काठमाडौँ –  गाजामा ७२ घण्टाको लागि गरिएको युद्धबिराम ४५ मिनेटमा नै तोडिएपछि फेरी युद्धबिराको पहल भैरहेको छ ।  अमेरिकी राष्ट्रपति बाराक ओबामाले हमास बिद्रोहि र इजरायलका अधिकारीहरुलाई युद्ध बिरामको लागि मनाउने पहल भैरहेको बताएको बिबिसिले लेखेको छ ।

इजरायलले हमासले बन्दक बनाएका आफ्ना सेनाको खोजी गरिरहेको र सेनालाई फेला नपारे सम्म युद्धबिरा नगर्ने अडान लिएको छ । तर हमासले ति सेनालाई नियन्त्रणमा लिएको   लिएकोबारे केहि बताएको छैन् ।

आठ जुलाईबाट सुरु भएको संघर्षमा ईजरायली आक्रमणमा परी करिब १ हजार ५ सय प्यलेष्टानीको मृत्यु भएको छ । मारिनेमा अधिकांश सर्वसाधरण छन् ।  यता हामसले गरेको जवाफी कारवाहीमा ५८ जना ईजरायली सैनिकको मृत्यु भईसकेको छ ।