एक सय वर्ष पुरानो बर्खे नाच सुरु

म्याग्दी  – म्याग्दी सदरमुकाम बेनीमा शुक्रबारदेखि बर्खे नाच सुरु भएको छ ।      बेनीका स्थानीय नेवार समुदायको सांस्कृतिक पहिचान मानिने बर्खेनाच १०० वर्षयता गठेमङ्गल पर्व मनाएपछि करिब एक महिनासम्म निरन्तर देखाउने गरिन्छ ।

भदौ १२ गतेसम्म सञ्चालन हुने बर्खे नाचका क्रममा लाखे, घोडा, नागा नागिनी, बास्सा, जोगी, थियटर (धानको बाला)लगायतका सांस्कृतिक महत्वका नृत्यहरू प्रर्दशन गरिने छ ।

अहिलेको भन्दा तीन पुस्ता अघिदेखि बेनीका नेवार समुदायले हरेक वर्ष निरन्तर बर्खे नाच देखाउँदै आएको अध्यक्ष श्रेष्ठको भनाइ छ । परापूर्व कालमा समाजमा दुःख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति बियोगमा गरेको चरित्र प्रर्दशनलाई बर्खेनाचमा देखाउने गरिन्छ ।