मोदीमय नेपाल

साउन १७, काठमाडौँ  – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भोली हुने नेपाल भ्रमणलाई लिएर विभिन्न विश्लेषण, टिका टिप्पणी भइरहेका बेला मोदीको स्वागतका लागी सरकारले कुनै कसुर बाँकी नराख्ने जनाएको  छ । मोदीले संसदमा गर्ने सम्बोधन देखि लिएर उनी हिड्ने सडक हुदै बस्ने होटल सम्ममा सुरुषा सर्तकतालाई सरकारले विशेष बनाएको  छ ।

यसैबिच मोदीले संसदमा गर्ने सम्बोधनका लागि संसद सचिवालयले आफ्नो तयारीलाई बढावा दिएको छ । भारतीय प्रधानमन्त्री मोदीले भोलि अपराह्न्न व्यवस्थापिका संसदलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए । मोदीको संबोधनको तयारीका कारण संविधानसभा र संसद  बैठक आजका स्थगीत गरिएको  छ लागि बोलाइएको छैन ।

संविधानसभा भवन नयाँवानेश्वरमा भोलि सभामुख सुवासचन्द्र नेम्वाङले स्वागत गरेपछि मोदीले संसदमा सम्बोधन गर्नेै कार्यतालीका तय भएको प्रवक्ता शर्माले बताए  । मोदी ७० सदस्यीय भारतीय टोली सहित भोली बिहान नेपाल आउने कार्यक्रम रहेको   छ  । मोदी नेतृत्वको टोलीमा यसअघी आउने भनीएका कुनै पनी भारतीय मन्त्री सहभागी नहुने भारतीय दुतावासले जनाएको  छ  ।