पहिरोले सुनकोसी थुनिदा सर्वसाधारण त्रसित, ३ शव फेला, उद्धारकार्य जारी

साउन १७, सिन्धुपाल्चोक  –  सिन्धुपाल्चोकको धुस्कुनमा  पहिरो जाँदा सुनकोशी नदी थुनिएर गाउँ नै खतरामा परेको छ । आज राती करिब साडे २ बजे ठूलो मात्रामा गएको पहिरोका कारण  सुनकोसी नदीको बाँध थुनिएसँगै सिन्धुपाल्चोक चौतारा   बासी त्रसित भएका छन् ।  पहिरााोले बाँध थुनिएपछि जुरे र सुनकोशी छेउछाउका बजार पनि डुवानमा परेका छन् भने  अहिलेसम्म ३ जनाको शव फेला परीसकेको सिन्त्रुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले बताए । अन्य व्यक्तिहरु पनि पहिरोमा पुरिएको र बाढीले वगाएको आंशका स्थानीय प्रशासनको  छ ।

गृह मन्त्रालय आपतकालीन कार्य संचालक केन्द्रका अनुसार भोटेकोशीको ९० प्रतिशत पानी थुनिएको छ भने १० प्रतिशत मात्र पानी बगेको छ ।   प्हिरोले नदी थुनिएर ताल बनेपछि जुरेको २० २५ घर डुवानमा परेका छन् भने  ४० घरमा क्षति पुगिसकेको बताइए पनि आधिकारिक जानकारी आइसकेको छैन । पहिरो जाने क्रम अहिले नरोकिएकाले  र थुनिएको सुनकासीको बाँध फुट्ने त्रासले लामोसाँघुदेखि दोलालघाटसम्मका अरनिको राजमार्ग छेउछाउ र नदी आसपास बस्तीका बासिन्दा घर छोडेर सुरक्षित स्थानतर्फ लागेको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

  घटनालगत्तै प्रहरीले माइकिङ गरी त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा जान भनिसकेको छ । अहिले अरनिको राजमार्ग भने बन्द गरिएको छैन । पहिरोले बिजुलीको पोल ढलेका कारण उक्त क्षेत्रमा विद्युत् सेवा तथा टेलिफोन सेवासमेत अवरुद्ध भएको छ । अहिले सुनकोशी छेउछाउ भएर चल्ने सवारी साधनमा रोक लगाएको छ ।  नदी १२० मिटरभन्दा माथी आइसकेको प्ररम्भीक अनुमान छ  । प्रमुख जिल्ला अधिकारी पराजुलीका अनुसार अहिले कसरी नदी खोल्नेभन्नेमा आर्मीले काम गरिरहेको छ ।