सचिव बढुवामा मन्त्रीबीच खिचातानी

साउन १७, काठमाडौं –  सत्ता साझेदार दल भन्दा मन्त्रीहरुबीच कुरा नमिल्दा सचिव बढुवा अनिर्णित बनेको छ । विभिन्न मन्त्रालय र निकायमा २० सचिव पद रिक्त भए पनि सातमा बढुवा र बाँकीमा कामु दिने विषयमा मन्त्रीहरुले मंगलबार, बुधबार, बिहिबार र शुक्रबार पटक पटक छलफल गरेपनि सहमति हुन सकेन । आजको नागरिक दैनिकमा समाचार छ ।

लोकसेवा आयोगको सचिव बढुवा समितिले दुई साताअघि सात सचिवका लागि १७ जनाको नाम सिफारिस गरेको थियो । सामाज्य प्रशासनमन्त्री लालबाबु पण्डितलेले ७ सचिव बढुवाका लागि लोकसेवा आयोगले सिफारिस गरेपनि बाँकी १७ मन्त्रालयका लासग कामु पनि दिनुपर्ने भएकाले सत्तारुढ मन्त्रीहरुबीच छलफल भएपनि निष्र्कष नआएको बताए ।

ुबढुवासँगै कामुको जिम्मेवारी तोक्ने र सरुवा पनि गर्नुपर्ने हुन्छ,ु मन्त्री पण्डितले भनेु संयुक्त सरकार हो मान्छेको रोजाइ फरक फरक हुन सक्छन् यसले गर्दा केही ढिलाई भएको हो ।ु यसैका लागि सातदिनयतादेखि छलफल चलिरहेको उनले बताए ।