मोदी भ्रमणमा चार एम्बुलेन्स र चिकित्सक सँगसँगै

साउन १७, काठमाडौं   –  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने नेपाल भ्रमणका क्रममा अत्यावश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारले दुईवटा अस्पतालमा विशेष तयारी गरेको छ ।

परराष्ट्र मन्त्रालयले स्वास्थ्य मन्त्रालयमार्फत चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन कार्डियोथोरासिस

सेन्टर र नर्भिक अस्पतालमा विशेष तयारी गरेको समाचार आजको नागरिक दैनिकमा छ । त्यसबाहेकका अतिरिक्त र मल्टि सुपरस्पेसियालिटी सेवाका लागि टिचिङ अस्पतालाई ब्याकअपमा राखिएको छ । एक साताअघि भारतबाट आएको विशेषज्ञ चिकित्सक एंव भारतीय स्वास्थ्थ मन्त्रालयको टोलीले राजधानीका विभिन्न अस्पताल भ्रमण गरेर अध्ययन गरेको हो ।

स्वास्थ्थ मन्त्रालयका निमित्त सचिव डाक्टर तीर्थराज बुर्लाकोटीले मोदी भ्रमण जोली जता जाँदा पनि नेपाली सेनाको एम्बुलेन्स सँगै हुनेछ ।  त्यसबाहेक स्वास्थ्थ मन्त्रालयले पारामेडिकक्ससहितको दुई एम्बुलेन्स खटाउनेछ । विशेषज्ञ चिकित्सको टोली सँगै हुनेछ ।