स्तनपानबारे ज्ञान छैन आमाहरुलाई

साउन १७, हेटौडा  – आमाको दूध खाने उमेरका तपाईका बच्चाहरु झगडालु भएका कारण हैरान हुनुहुन्छ रु बच्चाहरु यसरी झगडालु हुनु र उमेरअनुसारको शारिरीक बृद्धि नहुनुमा कतै आमाको कमजोरी पनि छ कि भनेर सोच्नुभएको छ रु

हो, आमाले स्तनपान गराउन नजानेकै कारण बच्चाहरु पर्याप्त मात्रामा दूध खान नमान्ने, झगडालु स्वभावको हुने र कुपोषणको सिकार बन्ने गरेको पाइएको छ ।

आमाहरु नै दूध चुसाउने उपयुक्त आसनबारे जानकारी नहुदाँ, बच्चालाई दूध पुगे नपुगेको वा पर्याप्त दुघ खान पाए नपाएको जाँच्ने तरिकाबारे अनविज्ञ हुदाँ बच्चाहरुले पर्याप्त दूध नखाने गरेको पाइएको छ । १ अगष्ट अर्थात शुक्रबारबाट विश्प स्तनपान सप्ताह सुरु भएको छ ।

सप्ताह मनाईरहदाँ जिल्ला स्वास्थ्थ कार्यालय मकबानपुर सूचना अधिकृत भीमसागर गुरागाँइले आमाहरुको अनविज्ञताको कारण धेरै बालबालिका कुपोषणको सिकार हुने गरेको बताए । राजधानी दैनिकमा समाचार छ ।