कुखुराको मासुमा अत्यन्त हानिकारक एन्टिबायोटिक

काठमाडौं  –  कुखुराको मासुमा ८० प्रतिशतसम्म एन्टिबायोटिक औषधिको मात्रा भेटिएको छ । पुश स्वास्थ्थ निर्देशनालय अन्तर्गतको भेटेनरी जनस्वास्थ्य कार्यालयले असार अन्तिममा मासुमा एन्टिबायोटिक औषधिको अवशेषबारे अनुसन्धान गरेको थियो । पुश चिकित्सकका अनुसार मानव स्वास्थ्यका लागि औषधिको अवशेषयुक्त मासु उपभोगका लागि निकै हानिकारक मानिन्छ ।

थोरै समयमा कुखुराको तौल बढाउन तथा रोगबाट बचाउन मापदण्डभन्दा बढी औषधि प्रयोग भएको हुनाले समस्या आएको पशुविज्ञहरुको ठहर छ । आजको अन्नपूर्ण पोष्टमा राजेश वर्माले समाचार लेखेका छन् । कार्यालयले असारमा काभ्रे, भक्तपुर, काठमाडौं र ललितपुरका विभिन्न पसलबाट कुखुृराको मासु र कलेजोको ५०९५० वटा नमुना संकलन गरेको थियो ।

प्रतिवेदन अनुुसार मासु र कलेजोका ती नमुनामध्ये झन्डै ८० प्रतिशतमा नेपाल सहित अन्य मुलुकले आयात र प्रयोगमा प्रतिबन्ध लगाएको अत्यन्त हानिकारक मानिने एन्टिवायोटिक औषधिको अवशेष छ ।

उक्त परिमाणमा भेटिएको औषधिको अवेशषयुक्त मासु सेवन गर्दा विकलांग बच्चा जन्मिने, ब्रन ट्युमर , गर्भपतन र ह्रदयाघात हुने, मिर्गौला विग्रने, रगतमा हेमोग्लोविनको मात्रा कम हुने लगायतका रोग लाग्न सक्छ ।