वैदेशिक रोजगारीले टुट्दै दाम्पत्य

साउन १७, धरान –  पत्नी र तीन छोरीको भविष्य उज्जवल बनाउने सपना थियो । धरान १७ बीचघोपाका चक्रबहादुर लिम्बुको । त्यसैलाईसाकार पार्न साउदी पुगेर हड्डी घोटे । १३ महिनापछि छुट्टीमा फर्कदा धरमा सबै ठिकठाक थियो । तीन महिना बसेर फेरि उडे । परदेशमा १५ महिना दुख गरेर गत पुस १७ गते स्वदेश फर्किए ।

यतिबेला उनकी पत्नी विमलाको हत्या आरोपमा हिरासतमा छिन् । दोस्रो पटक फर्कदा परिवमर पहिलाको जस्तो थिएन । पत्नीको मोवाइलमा दिनरात फोन र एसएमएस बजिरहन्थ्यो । बिहान खाना खाएर निस्केकी उनी राती सात आठ बजेतिरमात्रै घर छिर्थिन । माएती र उनी आफैले घेरै संझाए ।

असार १६ गते माइतै पुगेर घर आएपछि धुमधाम झगडा भयो । उनले आवेगको आएर आग्लोले हाने । विमलाको प्राण गयो । दोस्रो पटक विदेशबाट फर्कदा उनी सासु सँग छुट्टै बसिकी थिएन भने अर्केको गर्भ बोकेको रहस्य खुल्यो । सोधीखोजी गर्दा आफ्नै माहिंला बडावाको छोरा देवरसँग सत्सर्ग रहेछ । त्यसपछि उनले डिर्भोस दिए ।

चक्रभन्दा कम छैन मंगलसेनका भीमबहादुर राईको पीडा पनि । ६ वर्षअघि मलेसिया गएका उनले कमाएको १० लाख भन्दा बढी रकमपत्नीलाई पठाए । उदयपुरको कटारी ४ र सुनसरीकै विष्णुपादुकका ६ मा पत्नीको नाममा जग्गा जोरिदिए ।

०७० फागुमा ९ र ६ वर्षे छोरी छाडेर एक्कासी हराईन । खोजपवन गर्दे जाँदा एकै घरमा डेरा गरी बस्ने पवन नामको व्यक्तिसँग उनी भागेकी रहेछिन् ।  आजको नागरिक दैनिकमा समाचार छ ।