गाजामा ७२ घण्टा युद्ध बिराम

साउन १६ , काठमाडौं – ईजरायल र हमास बिद्रोही गाजामा ७२ घण्टा युद्ध बिराम गर्न सहमत भएका छन् । मानवीय संवेदनालाई ध्यानमा राख्दै उनीहरु ३ दिन सम्म कुनै आक्रमण नगर्न सहमत भएका संयुक्त राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघका महासचिव बान की मुन र अमेरिकी विदेशमन्त्री जोन केरीले जारी गरेको संयुक्त बक्तव्यमा मानवीय आधारमा दुबै पक्ष आवधिक युद्धबिराम गर्न सहमत भएका हुन् । युद्ध बिराम स्थानीय समयअनुसार बिहान ८ बजेदेखि सुरु हुने बिबिसिले जनाएको छ ।

आठ जुलाईबाट सुरु भएको संघर्षमा ईजरायली आक्रमणमा परी १ हजार ४ सय २२ जना प्यलेष्टानीको मृत्यु भएको छ । मारिनेमा अधिकांश सर्वसाधरण  छन् । आक्रमणबाट बच्न हजारौं नागरिक सो क्षेत्रबाट विस्थापित भएका छन ।