नियमित विधेयकमा छलफल सुरु

साउन १६ , काठमाडौं  –  व्यवस्थापिका संसदमा आजबाट पुनः नियमित विधेयकमा छलफल सुरु हुने भएको  छ ।  संविधानसभा भवन नयाँवानेश्वरमा दिउसो १ बजे बस्ने बैठकमा  प्रमुख प्रतिपक्ष दल एमाओवादलिाई सहमतिमा ल्याएर विनियोजन विधेयकमाथिको छलफल अवरुद्ध भएपछि ब्यवस्थापिका संसदमा नियमित विधेयकमा छलफल सुरु हुन लागेको संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए ।

आजको बैठकमा केही विधेयक पेस हुने संसद सचिवालयले जनाएको छ ।  यसअघि  हिजो देखि छलफल हुने भनिएको बिनियोजन बिधेयक माथिको छलफल  एकीकृत माओवादी, मधेसी र केही साना दलको बिरोधका कारण फेरि प्रभावित हुने भएको छ । हिजोको बैठकमा प्रारम्भ हुने भनिएको विनियोजन विधेयक २०७१ को विभिन्न शिर्षकमाथिको छलफल भने हुन सकेन ।

प्रमुख प्रतिपक्षीलगायतका दलले पेश्की विधेयक पारित गर्ने बेलामा सरकारले  बजेट टालटुले हिसावले ल्याएको तर द्वन्द्व पीडित, घाइते तथा बेपत्ता परिवारका लागि आवश्यक मात्रामा विनियोजन नगरिएको हुलाकी सडकलगायतका विभिन्न विकास योजनाका लागि बजेट नपुगेको लगायतका आफ्ना माग पूरा नभए बिनियोजन बिधेयकको बारेमा छलफल चलाउन नदिने जनाएका छन् । बिनियोजन बिधेयकको बारेमा यही साउन २२ गते छलफल चलाइने छ ।