नागपञ्चमी पर्व नागको पूजा अर्चना गरी मनाइदै

साउन १६ , काठमाडौं –  आज नागे पञ्चमी पर्व हिन्दु परम्पराअनुसार घर घरका मूलढोकामा नागको तस्बिर टाँसी पूजाआजा गरी  देशभर मनाइँदैछ । श्रावण् शुक्ल पञ्चमीका दिन नागलाई देवता ठानी घरको मुल ढोकामा तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने  किवदन्ती  रहीआएको छ  ।  नाग पूजाको प्रचलन वैदिक कालदेखि नै रहिआएको हो । वैदिक मान्यता अनुसार नागलाई सर्पको राजा मानिन्छ । यसरी नागको पूजा गर्नाले नागदेवता खुसी हुने, जुन घरमा नागको वास हुन्छ त्यहा लक्ष्मीको वास हुन्छ भन्ने धामिर्क विश्वासका रहदै आएको छ ।

नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसी आएको धार्मिक बिश्वास रही आएको छ । नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै चलिआएको छ । शिवले नागको माला लगाउने र विष्णु जलमाथि शेष नागको शय्यामा फणाको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रुपमा मान्ने गरिएको छ ।

नागपञ्चमीको अबसरमा काठमाडौको नक्सालको नागपोखरी, कर्कोटक नागको बासस्थानको रुपमा परिचित काठमाडौंकै टौ दह, ललितपुर धापाखेलको नाग दह, भक्तपुरको सिद्धपोखरी, पनौतीलगायत अधिराज्यका विभिन्न नाग दहमा मेला लाग्ने गर्दछ । नागका अष्टकुल अर्थात् अनन्त, वासुकी, पद्म, महापद्म, तक, कुलीर, कर्कट र शङख नागको पूजा गरी दुबो, दूध, आदि चढाई धूपधुवा गर्ने तथा आङ्खना कुलनागका थानमा पनि विशेस µपमा पूजा गरी खीर, रोटीलगायतका प्रसाद चढाउने प्रचलन रहिआएको छ । नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा बिभिन्न किसिमका किंवदन्ती प्रचलित छन् ।