साउन १६, काठमाडौँ – ‘सबैका लागि आवास’ को अवधारणासहित सरकारले २० लाख आवास एकाइ तयार पार्ने योजना बनाएको छ । विपन्न वर्ग र विपन्न वर्गबाहेकका लागि आगामी १० वर्षभित्र ती घर बनाइदिने योजना सरकारले बनाएको हो ।राष्ट्रिय आवास नीति २०६८ अनुसार सहरी विकास मन्त्रालयले बनाएको योजनालाई सरकारले स्वीकृति दिइसकेको छ । योजनाअनुसार विपन्न वर्गबाहेकका लागि १६ लाख १० हजार र विपन्न वर्गका लागि तीन लाख ९० हजार आवास बनाइदिने मन्त्रालयले जनाएको अन्नपूर्ण पोस्टमा खबर छ । सहरी विकास मन्त्रालयका सहसचिव एवं प्रवत्ता सरेशप्रकाश आचार्यले योजना सरकारबाट स्वीकृत भएको जानकारी दिए । ‘सरकारबाट स्वीकृत भएपछि योजना सफल बनाउन कार्य प्रारम्भ गरेका छौं,’ सहसचिव आचार्यले भने, ‘न्यून आय भएका वर्गलाई लक्षित गर्दै योजना अघि सारेका हौं ।’
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
अस्पतालको चक्रव्यूहमा बिरामी

‘तपाईंले हाम्रोमा सीटी स्क्यान गर्न बिरामी पठाउनुभयो भने प्रत्येक बिरामीबापत १ हजार रुपैयाँ दिन्छौं । ३–३ महिनामा पैसा लिने वा एक–एक महिनामा, जे सजिलो
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व