लेखा समितिको सभापतिमा शर्मा निर्बिरोध निर्बाचित हुने

साउन १६, काठमाडौँ  –  व्यवस्थापिका संसद मातहतको सार्वजनिक लेखा समितिको सभापतिका लागि आज निर्बाचन हुँदैछ । बिहान ११ बजे सिंहदरबारमा निर्बाचन प्रक्रिया सुरु हुनेछ ।

समितिको सभापतिका लागि एकीकृत माओबादीका जनार्दन शर्माको मात्र उम्मेदवारी परेका कारण शर्मालाईनै निर्बिरोध निर्बाचित भएको घोषणा गरिनेछ । निर्बिरोध निर्बाचित भएको घोषणा भएपछि बिहान साढे ११ बजे पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम तय भएको संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले बताए ।

सभापतिको उम्मेदवारीका लागि शर्माको प्रस्तावकमा समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह र समर्थकमा एकीकृत माओवादीका डोरप्रसाद उपाध्याय रहेका छन ।